काठमाडौं । संघीय संसद्का तीन समितिको बैठक आज बस्दै छन् ।
प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेका हन् ।
दिउँसो सवा १२ बजे बस्ने प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ता सांसदसँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तय भएको छ।
साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपाय सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।