Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ ।

हिजो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यब्यस्तताका कारण बस्न नसके पछि आज बस्न लागेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा उक्त बैठक बस्नेछ । हिजो गृह जिल्ला चितवन र धादिङका विभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त भएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको थियो ।

गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बिआरआइ सम्झौता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077