Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घन्टामात्रै बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घन्टामात्रै बन्द हुने

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि ८ घन्टामात्रै बन्द हुने भएको छ ।

धावनमार्गसँग जोडिएका पूर्वाधार निर्माणका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको विमानस्थल अब ८ घन्टामात्रै बन्द हुने भएको हो ।

यसअघि कात्तिक २३ देखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो ।

पुस १७ गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण कार्यलाई ११ बजे सारिएको र बिहान ८ बजेसम्म हुने निर्माण कार्यलाई एक घन्टा छोट्याएर ७ बजेमा झारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

बिहानको उडान समय ७ बजेमा ल्याइएकोमा पर्वतीय उडान लगायतका विदेशी उडान पनि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077