Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ

तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ

शुक्रवार , मंसिर २८, २०८१

एजेन्सी । तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ ।

फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा हैदराबादको एक हलमा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरेको हो।

उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् । प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ । अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077