Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस–एमालेको योजना असफल भएको माओवादी केन्द्रको निष्कर्ष

दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस–एमालेको योजना असफल भएको माओवादी केन्द्रको निष्कर्ष

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस र एमालेको योजना असफल भएको निष्कर्ष निकालेको छ ।

पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपनिर्वाचनले असफल बनाएको निष्कर्ष निकालेको हो ।

माओवादीले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने कांग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको दावी गरेको छ ।

बैठकले स्थानीय चुनाव पार्टीको लागि उत्साहजनक भएको निस्कर्ष समेत निकालेको छ ।यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश रहेको माओवादीको ठहर छ ।

सरकार राम्रो काम गरिरहेका विद्युत प्राधिकरण लगायत संस्थाहरुलाई अवरोध सिर्जना गरेर देशलाई अधोगतितर्फ धकेलेको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077