Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

विश्वविद्यालयको मेरिटोक्रेसी अहिलेको सरकारलाई घाँडो भयो : प्रचण्ड

विश्वविद्यालयको मेरिटोक्रेसी अहिलेको सरकारलाई घाँडो भयो : प्रचण्ड

शुक्रवार , मंसिर २८, २०८१

धादिङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयको मेरिटोक्रेसी वर्तमान सरकारलाई घाँडो भएको आरोप लगाएका छन् ।

बेनीघाट रोराङ्ग गाउँपालिका-८ बिधाङमा आयोजित एकीकृत छात्रावास समुद्‍घाटन एंव चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

आफुले शिक्षाको सुधारका लागि शिक्षा विधयेकमा सहमति कायम गराएर अगाडि बढाएको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने,'राजनीतिक भागबन्डा गरेर विश्वविद्यालयहरूमा भिसी, रेक्टर, रजिस्टार, डीनहरू नियुक्ति गर्दा विश्वविद्यालयको गुणस्तर पूरै खस्कियो। विद्यार्थीहरू देश छोडेर विदेश पलायन भए। विश्वविद्यालयहरूमा तालाबन्दी, नाराबाजी, अराजकताको स्थिति आइरह्यो। त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनुपर्छ भनेर मेरिटोक्रेसिका आधारमा भिसी, रेक्टर, रजिस्टार र डीनहरू नियुक्त गर्ने प्रक्रिया आगाडि बढाए। अहिलेको सरकारलाई त्यो घाँडो भएको छ।'

शिक्षामा भागबन्डा गरेर विश्वविध्यालयहरूमा भिसी रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विधार्थी पलायन हुने स्थित भएको उनको भनाई छ ।

उक्त कुरा रोक्न आफूले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहललाई अहिले उल्टाउने खेल भैराखेको अध्यक्ष प्रचण्डले बताए। सरकारलाई राम्रो होइन आफ्नो मात्रै चाहिएको उनले बताए ।

आफू तीनपटक प्रधानमन्त्री हुँदा विभिन्न क्षेत्रको सुधारमा मिहनेत गरेको चर्चा गरेका अध्यक्ष प्रचण्डले आफू सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077