Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

महामन्त्री विश्वप्रकाशले गरे लोबुचे हिमालको सफल आरोहण

महामन्त्री विश्वप्रकाशले गरे लोबुचे हिमालको सफल आरोहण

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

उनले पाँच युवा साथीसहित ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका हुन् ।

मंसिर २१ गते खुम्बु क्षेत्रमा रहेका महामन्त्री शर्मासहितको टोलीले मंसिर २७ गते राति ११ः३० बजे बेसक्याम्पबाट आरोहण सुरु गरेका थिए । टोली मंसिर २८ गते बिहान ६ः४५ बजे चुचुरोमा पुगेको थियो।

नेपालका हिमालहरूको सौन्दर्य र जलवायु परिवर्तनको प्रभाव उजागर गर्ने उद्देश्यले आरोहण गरिएको बताइएको छ ।

यससँगै महामन्त्री शर्मा संघीय संसद्का दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077