Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सूर्य थापा भन्छन् - तथ्य र आधार नभएपछि रवि गाली गलौजमा उत्रिए

सूर्य थापा भन्छन् - तथ्य र आधार नभएपछि रवि गाली गलौजमा उत्रिए

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले तथ्य र आधार नभएपछि रवि लामिछाने गाली गलौजमा उत्रिएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा सन्देश लेख्दै सभापति थापाले लामिछानेसँग तथ्य, तर्क र आधार नभएपछि गाली गलौजमा उत्रिएको बताएका हुन् ।

लामिछानेले बिहीबार कास्की जिल्ला अदालतमा सूर्य थापाले लेखेको स्क्रिप्ट अनुसार आफूलाई सहकारी ठगीको नाममा दुःख दिइएको भन्दै आक्रोश पोखेका थिए ।

‘रविले गरेको ‘क्लिन चिट’को भ्रम र ‘प्रतिशोध’को नाममा कपटपूर्ण नाटकसँगै आफूविरुद्ध ‘हेट क्याम्पियन’ र ‘गालीगलौज’ पाँच जिल्ला पुगेर पोखरा फर्किएपछि अदालतसमक्ष छताछुल्ल पोखिएछ,’ थापाले सन्देशमा लेखेका छन् ।

संसदीय छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयनमा लगेपछि प्रहरीले सहकारी ठगीमा लामिछानेविरुद्ध अनुसन्धान शुरू गरेको थियो ।

‘संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाउँदा नबुझाउँदै सिर्जना गरिएको भ्रमको तुवाँलो चिरेर समाजलाई स्पष्ट पार्न र प्रतिवेदनको समग्र पक्ष, निष्कर्ष, सुझाव र सिफारिसको प्रतिरक्षा गर्नु आफूलाई प्राप्त जिम्मेवारीको निष्ठापूर्वक परिपालना र कर्तव्य निर्वाह नै थियो। समितिको प्रतिवेदन सभापतिसहित सातै जना सदस्यको सर्वसम्मतीले पारित साझा स्क्रिप्ट रहेको तथ्य जगजाहेर नै छ,’ थापाले लेखेका छन्, ‘लेनिनले भन्नुभएको छ– ‘तथ्य, तर्क र आधार नभएपछि मान्छेले गालीगलौजको सहारा लिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077