Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कूप्रचारको नेतृत्व प्रचण्डले गरिरहेका छन्, भ्रम काठमाडौं मै बसेर पचाइदिन्छु : प्रधानमन्त्री ओली

कूप्रचारको नेतृत्व प्रचण्डले गरिरहेका छन्, भ्रम काठमाडौं मै बसेर पचाइदिन्छु : प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कूप्रचारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार आदिवासी जनजाती महिलाहरूको प्रथम राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नराम्रो कामको नेतृत्व गरेको आरोप लगाए ।

“यो माओवादी जुन दिन देशमा पलायो, त्यहाँबाट जाली फटाह, झुट, बेइमान, मुद्दा हाल्ने के गर्ने, मान्छेहरूलाई दुःख दिने, कूप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय रहेको जिकिर गरे ।

“प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,” प्रधानमन्त्री ओलीले भने । उनले आफूमाथि लगाइएका आरोप र भ्रम काठमाडौंमा नै बसेर पचाइदिने समते बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077