Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

युक्रेनमा रुसले एकैदिन प्रहार गर्‍यो ९३ मिसाइल र २०० ड्रोन

युक्रेनमा रुसले एकैदिन प्रहार गर्‍यो ९३ मिसाइल र २०० ड्रोन

शनिवार , मंसिर २९, २०८१

एजेन्सी । रुसले युक्रेनमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ । रुसले शुक्रबारमात्र युक्रेनमा ९३ वटा मिसाइल र २०० ड्रोन प्रहार गरेको हो ।

युक्रेनको पावर ग्रिड र ग्यास पूर्वाधारलाई लक्षित गरेर रुसले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

उनले शुक्रबारको आक्रमणलाई युक्रेनको ऊर्जा क्षेत्रमा रुसले तीन वर्षमा गरेको सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077