Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बोलेरो जीप दुर्घटना हुँदा दम्पत्तीसहित तीन जनाको मृत्यु

बोलेरो जीप दुर्घटना हुँदा दम्पत्तीसहित तीन जनाको मृत्यु

शनिवार , मंसिर २९, २०८१

बुटवल । बुटवलको तिनाउ पुलमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।

दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्य भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गौरीलाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जीप दुर्घटना भएको बताइएको छ ।

पुल क्रस गरिसकेपछि मोडमा जीप दुर्घटनामा परेको थियो । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077