Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाभियोग प्रस्ताव

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाभियोग प्रस्ताव

शनिवार , मंसिर २९, २०८१

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग प्रस्तावमा सांसदहरूले संसद्‌मा फेरि मतदान गर्दै छन्।

विपक्षी दलहरूले युन सुक योललाई राष्ट्रपति पदबाट नहटाएसम्म प्रत्येक शनिबार महाभियोग प्रस्ताव ल्याउने बताएका छन्।

अहिले संसद्‌बाहिर हजारौँको भीड लागेको छ। महाभियोग प्रस्तावको समर्थनमा विपक्षी दललाई सत्तारुढ दलका आठ सांसदको मत आवश्यक छ।

यसअघि सत्ता पक्षका सबै सांसदले साथ नदिँदा महाभियोग प्रस्ताव पास हुन सकेको थिएन।

युन सुक–योलले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिको खतरा रहेको दाबी गर्दै केही दिनअघि देशमा मार्सल ल लागू गर्ने घोषणा गरेका थिए।

तर संसद्‌मा व्यापक विरोध भएपछि त्यसको ६ घण्टा नबित्दै उनी आफ्नो घोषणा फिर्ता लिन बाध्य भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077