Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेजेण्डरी क्रिकेटर ब्रायन लारा टियू क्रिकेट मैदानमा

लेजेण्डरी क्रिकेटर ब्रायन लारा टियू क्रिकेट मैदानमा

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा टियू क्रिकेट मैदान पुगेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगका खेल हेर्न लारा मैदान पुगेका हुन् ।

शुक्रबार बिहान छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् । लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् ।

टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।

यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।

त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077