Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन राइनोज

जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन राइनोज

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेर ब्याटिङ गर्न लागेको हो ।

६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको खेलमा जित निकाले जनकपुरको शीर्ष दुई स्थान पक्का हुनेछ भने पहिलो क्वालिफायर खेल्नेछ।

चितवनले जित निकालेको अवस्थामा प्लेअफ जित्ने सम्भावना बलियो हुनेछ। चितवनको जितले दुई टोली लिग चरणबाट बाहिरिनेछन्।

छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि बाहिरिनेछन्।

चितवन पराजित भएमा भने चितवनसहित विराटनगर र पोखराको अन्तिम खेलसम्म समिकरणका लागि कुर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077