Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सञ्चारमन्त्री गुरुङले भने - अनलाइन मिडिया नियमन गर्न विधेयक ल्याउँदै छौँ

सञ्चारमन्त्री गुरुङले भने - अनलाइन मिडिया नियमन गर्न विधेयक ल्याउँदै छौँ

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोसल मिडिया नियमन गर्न विधेयक ल्याउन लागेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघको १५औँ साधारण सभामा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

अनलाइन मिडियामा देखापरेको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको उनले बताए।

सञ्चारमन्त्री गुरुङले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गरिरहेको भए पनि अनलाइन मिडियाले अराजकता मच्चाउने काम गरिरहेको आरोप लगाए।

उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताए।

अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए। उनले अनलाइन मिडियाले सामाजिक सद्‌भाप, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077