Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रविमाथि मानवअधिकार उल्लंघनको व्यवहार भएको छैन : गृहमन्त्री लेखक

रविमाथि मानवअधिकार उल्लंघनको व्यवहार भएको छैन : गृहमन्त्री लेखक

शनिवार , मंसिर २९, २०८१

नवलपरासी । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार उल्लंघन नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन नवलपुरले गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखक यस्तो यस्तो बताएका हुन् । लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको उनले बताए ।

गृहमन्त्री लेखकले अदालतको आदेशअनुसार नै लामिछानेमाथि अनुसन्धान भइरहेको बताए ।

गृहमन्त्री लेखकले भने,‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ । सहकारी ठगीमा संलग्म्लन जो कोहीमाथि अनुसन्धान हुन्छ।’

लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने गृहमन्त्री लेखकको भनाइ छ। उनले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने कुनै काम कसैले पनि गर्न नहुने बताए ।

जनताले दु:ख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077