Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले गरे हिमाल आरोहण

कांग्रेस महामन्त्री शर्माले गरे हिमाल आरोहण

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन्।

संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन्।

मंसिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरे।

हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077