Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवनविरूद्ध जिमी निशमले हाने १८ बलमै अर्धशतक

चितवनविरूद्ध जिमी निशमले हाने १८ बलमै अर्धशतक

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ब्याटर जिमी निशमले १८ बलमै अर्धशतक प्रहार गरेका छन्।

निशमले चितवन राइनोजविरूद्धको खेलमा अर्धशतक पूरा गर्ने क्रममा ४ चौका र ५ छक्का प्रहार गरेका हुन्।

निशमको १५औं ओभरको पहिलो बलमा सोहिल तन्विरको बलमा क्याच भएका थिए। तर सो बल नो बल भएको थियो।

त्यतिबेला निशमले ५८ रन जोडेका थिए। त्यसपछिको फ्रि हिटमा छक्का प्रहार गरेका निशम चौथो बलमा भने आउट भए।

उनले २४ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६५ रन जोडे। उनी आउट हुँदा चितवनले ८ विकेट गुमाइसकेको थियो।

निशमको यो एनपिएलकै छिटो अर्धशतक हो। त्यसअघि चितवन राइनोजले कप्तान कुशल मल्ल र रवी बोपाराको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077