Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

वैशाख २५ भित्र अधिवेशन नगर्ने भ्रातृसंगठन खारेज गर्ने जसपा नेपालको निर्णय

वैशाख २५ भित्र अधिवेशन नगर्ने भ्रातृसंगठन खारेज गर्ने जसपा नेपालको निर्णय

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले ‘जनतासँग जसपा नेपाल – संगठन निर्माण अभियान’लाई आउँदो माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकबाट संगठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरिएको हो ।

शुक्रबार सुरु उक्त बैठक शनिबार सकिएको छ । स्थानीय तह उपनिर्वाचनमा मधेस प्रदेशसहित जसपा नेपालले देशभरिबाट प्राप्त गरेको मत सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले संगठन निर्माण एवं विस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष बैठकबाट निकालिएको छ ।

यस्तै, महाधिवेशनपछि थपिएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आउँदो फागुन १५ गतेभित्र अद्यावधि गर्ने निर्णय गरिएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077