Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध संसद्‌बाट महाभियोग प्रस्ताव पारित

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध संसद्‌बाट महाभियोग प्रस्ताव पारित

शनिवार , मंसिर २९, २०८१

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । दक्षिण कोरियाको संसद्ले शनिबार राष्ट्रपति योलविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो ।

राष्ट्रपति योलले देशमा मार्सल कानून लागू गर्ने निर्णय गरेपछि उनी विवादमा फसेका थिए।

यद्यपि, जनताको विरोध र राष्ट्रिय संसद्को कडा आलोचनापछि उनले यो निर्णय फिर्ता लिएका थिए। दक्षिण कोरियामा मार्सल कानून केवल छ घण्टासम्म मात्र लागू भएको थियो ।

संसद् महाभियोग प्रस्ताव पारित गर्नुलाई लोकतन्त्रको ठूलो विजय मानिएको छ । यसलाई देशको लोकतान्त्रिक इतिहासको अर्को महत्त्वपूर्ण कदम मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077