Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई वर्षमानले भने - सन्तुलन नगुमाउनू, प्रधानमन्त्री पदको मर्यादा कायम गरौँ

प्रधानमन्त्री ओलीलाई वर्षमानले भने - सन्तुलन नगुमाउनू, प्रधानमन्त्री पदको मर्यादा कायम गरौँ

शनिवार , मंसिर २९, २०८१

ललितपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् ।

ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे ।

ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टाचारीको आरोप लगाएको पुनको भनाइ थियो ।

पुनले गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुन पनि प्रधानमन्त्री ओलीलाई चुनौती दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077