काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक स्थानबाट अर्को स्थानमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको बताएकी छन् ।
उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि मानव अधिकारको उल्लङ्घन भएको बताएकी हुन् ।
लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। लामिछानेले पोखरासहित बुटवल, वीरगञ्ज, भरतपुर र काठमाडौंमा पनि बयान दिइसकेका छन् ।
सुरक्षाको कारण देखाउँदै उनलाई मंसिर १९ गते राति चितवनबाट पोखरा लिइएको थियो ।