Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पार्टी जीवनमा समस्या देखियो, एमाले राष्ट्रिय शक्ति बन्न गाह्रो छ : महासचिव पोखरेल

पार्टी जीवनमा समस्या देखियो, एमाले राष्ट्रिय शक्ति बन्न गाह्रो छ : महासचिव पोखरेल

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको बताएका छन् ।

शनिबार, ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए ।

अहिले पार्टीको जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने महासचिव पोखरेलको भनाई रहेको थियो ।

उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077