Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

देशमा सुशासनका निम्ति अब समाजवादी नयाँ आन्दोलन गरिन्छ : प्रचण्ड

देशमा सुशासनका निम्ति अब समाजवादी नयाँ आन्दोलन गरिन्छ : प्रचण्ड

शनिवार , मंसिर २९, २०८१

रुपन्देही । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् ।

रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताका बीचमा लैजान र उनीहरूका भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

जनता र परिवर्तनका पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उनले उल्लेख गरे । उनले देशमा सुशासनका निम्ति अब समाजवादी नयाँ आन्दोलन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077