Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वको शुभकामना प्रधानमन्त्रीले भने - हाम्रा सबै पर्व सुन्दर छन्

धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वको शुभकामना प्रधानमन्त्रीले भने - हाम्रा सबै पर्व सुन्दर छन्

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार परेका तीन वटा महत्त्वपूर्ण पर्व धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

‘सबैलाई शुभ बिहानी ! आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ । असारमा रोपेको धान मंसिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

शुभकामना सन्देशमा उनले काठमाडौं उपत्यका लगायत देशका विभिन् क्षेत्रमा बसोबास गर्ने नेवारी समुदायले मनाउने योमरी पुन्हिको पनि शुभकाना दिएका छन् ।

धान्य पूर्णिमा कृषि युगसँग जोडिएको पर्व हो जसले असारमा रोपेको धानको भित्र्याउने खुसीको प्रतिक मानिन्छ। यस अवसरमा देशभरका किसानले आफ्नो मुख्य उत्पादनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ। त्यस्तै, काठमाडौं उपत्यकामा नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन्।

पूर्वी पहाडका किराँत समुदायमा भने उधौली पर्वले विशेष महत्त्व राख्छ । जाडो मौसममा लेकबाट बेंसी झर्ने परम्परा अनुसार यो पर्वले प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवनशैलीको परिचय दिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077