Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलमा आज विराटनगर र काठमान्डु तथा पोखरा र सुदूरपश्चिम खेल्दै

एनपीएलमा आज विराटनगर र काठमान्डु तथा पोखरा र सुदूरपश्चिम खेल्दै

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज पनि दुई खेल हुँदै छन् ।

पहिलो खेल बिहान सबा ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्सबीच हुनेछ भने दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका ६ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ । विराटनगर किंग्सले ६ मध्ये दुई खेल मात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो ।

उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आज हुने पहिलो खेलमा काठमाण्डौ विराटनगरसँग पराजित भएमा प्लेअफमा पुग्ने बाँकी तीन टोलीको टुङ्गो लाग्नेछ ।

तर काठमाण्डौ राम्रो अन्तरमा विजयी भएमा प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी सबै खेलको नतिजा कुर्नुपर्ने हुन सक्छ । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ भने लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077