Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डुविरुद्ध विराटनगर : ११ ओभरमा ६३ रन, चार विकेट गुम्यो

काठमान्डुविरुद्ध विराटनगर : ११ ओभरमा ६३ रन, चार विकेट गुम्यो

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको जारी खेलमा काठमान्डु गुर्खाजविरुद्ध विराटनगर किंग्सको चौथो विकेट गुमेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चौथो विकेटका रुपमा स्कट इडवार्ड्स १५ रनमा आउट भएका हुन् । गेहार्ड इरासमसल उनको विकेट लिए ।

यसअघि दीपक बोहोरा २० रन बनाएर पेभेलियन फर्किएका थिए । २४ बलमा उनले २ चौका प्रहार गरे । काठमाडौं गुर्खाजका दीपेश कँडेलले उनको विकेट लिएका हुन् ।

त्यस्तै निकोलस क्रिटोन १२ रन र लोकेश बम ८ रन बनाएर आउट भएका थिए । यो समाचार तयार पार्दासम्म विराटनगरले ११ ओभरमा चार विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ ।

प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा ठूलो जित आवश्यक छ । यो खेलमा पराजित भएमा काठमान्डु लिग चरणबाटै बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077