Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परी मेयरसहित २२ जनाको मृत्यु

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परी मेयरसहित २२ जनाको मृत्यु

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं। इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्सेज र हमासले यसको पुष्टि गरेको हो। मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् ।

यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ । यसैगरी एक स्कुलमा महिला र शिशुसहित सात जनाको मृत्यु भएको छ ।

इजरायलका अनुसार त्यो स्कुललाई हमासले आफ्नो आधार इलाकाको रुपमा प्रयोग गर्दै आएको थियो । त्यसैले त्यहाँ आक्रमण गरेको इजरायली सेनाको दाबी छ ।

तर इजरायलको यस्तो दाबीमा हमासले खण्डन गर्दै आएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले गाजा क्षेत्रमा युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरिरहेका बेला इजरायलको यो पछिल्लो आक्रमण भएको हो ।

गत वर्ष अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जना इजरायलीको मृत्यु भएको थियो ।

त्यसपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै युद्ध घोषणा गरेको थियो । त्यसयता इजरायलले गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको मृत्यु भएको हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077