Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जित्नैपर्ने खेलमा विराटनगरविरूद्ध काठमान्डुको रोचक जित

जित्नैपर्ने खेलमा विराटनगरविरूद्ध काठमान्डुको रोचक जित

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ ।

विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभर १ बलमा ९ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको हो ।

प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले खेल जित्यो ।

लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।

काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077