Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु

कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको शनिबार दिउँसो आफ्नै शरीरमा आगो लगाएकी बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको हो ।

आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन्।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077