Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

देशमा अस्थिरता रोक्न कांग्रेससँग मिल्यौं : प्रधानमन्त्री ओली

देशमा अस्थिरता रोक्न कांग्रेससँग मिल्यौं : प्रधानमन्त्री ओली

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने उद्देश्यले कांग्रेससँग मिलेको बताएका छन् ।

२१औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले देशमा आफूहरुले ल्याएको राजनीतिक परिर्वतनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थालेपछि कांग्रेस र एमाले मिलेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले देशमा राजनीतिक परिर्वतन ल्याएका छौं । त्यो परिवर्तनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थाले । त्यसैले पुराना र योगदान गरेका पार्टी, नीति र देश बनाउने उद्देश्य बोकेका पार्टीहरु मिलेर सरकार बनाएका छौं ।’

उनले देश बनाउने उद्देश्यले आफू नेतृत्वको सरकार बनेको बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा उजुरी परेको पाँच वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर आफूहरुले आवाज उठाएको बताए ।

प्रधानमन्त्री ओलीले ५ वर्षे हदम्यादको विषयमा आफूले भनेको सही रहेको जिकिर गर्दै उजुरी परेको ५ वर्षभित्र टुंग्याउर्नैपर्ने भन्दै लम्बाएर राख्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077