Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेले राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैतसम्म अभियान चलाउने

एमालेले राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैतसम्म अभियान चलाउने

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेकपा एमाले आगामी माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने भएको छ ।

एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीबाट यस्तो निर्णय भएको हो ।

संगठन विभागका सचिव माधव प्रसाद ढुंगेलका अनुसार राष्ट्रिय कार्यशाला गोष्ठीले राष्ट्रिय शक्ति निर्माणका लागि यस्तो निर्णय गरेको हो ।

‘यो राष्ट्रिय कार्यशाला निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघ देखि चैत्र सम्म ३ महिने ‘वडाकेन्द्रित अभियान’ सञ्चालन गर्ने संकल्प गर्दछ’, ढुंगेलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म अर्थात् टोल-टोलसम्मै पार्टी कमिटी निर्माण गर्ने निर्णय पनि लिएको छ । ढुंगेलले बताएअनुसार सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प पनि कार्यशालाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077