Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माधव नेपाल लक्षित झलनाथको टिप्पणी - बुढो हुन्जेलसम्म पार्टीका पद ओगटिरहने प्रवृत्ति बढ्यो

माधव नेपाल लक्षित झलनाथको टिप्पणी - बुढो हुन्जेलसम्म पार्टीका पद ओगटिरहने प्रवृत्ति बढ्यो

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टीभित्र पद पाएपछि त्यसैमा टाँसिइरहने समस्या देखिएको बताएका छन् ।

आइतबार जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता खनालले पेश गरेको प्रतिवेदनमा पार्टीभित्र गलत प्रवृत्ति देखा परिरहेको बताएका हुन् ।

तलका कमिटीहरूमा नबस्ने, माथिल्लो कमिटीमा मात्रै ओगट्ने र आफूले भनेको पद नपाए पार्टी छोडिदिने प्रवृत्ति बढेको बताए । अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले पदमा पुगेपछि दुरुपयोग गर्ने र कमिशन र भ्रष्टाचारतिर लाग्ने बताए ।

'काम गर्ने क्षमता गुमे पनि, बुढो भइसके पनि पदमा टाँसिइरहने प्रवृत्ति पार्टीमा देखिएको छ’, उनले भने । केही महिनाअघि भएको १०औँ महाधिवेशनबाट अध्यक्ष हुन चाहेका खनाललाई नेपालले रोकेका थिए। नेपाल नै अध्यक्ष भएपछि सम्मानित नेतामा दोहोरिएका खनाल अहिले पनि असन्तुष्ट छन् ।

पार्टी नेताहरूले पदको गरिमाअनुसार काम गर्न नसकेको, पार्टीलाई सहयोग नगरेको तर पार्टीले सहयोग गरोस् भन्ने चाहना पालेको टिप्पणी पनि खनाले गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077