Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन सोमबार हुने

एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन सोमबार हुने

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यहरूको कार्यविभाजन सोमबार मात्र हुने भएको छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा आजसम्म पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज बैठकमा नेताहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राखेका थिए । उनले भोलि बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने बताए ।

सोमबारको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौती लगायतको विषयमा पनि निर्णय लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077