Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जित्नैपर्ने खेलमा दबाबमा कर्णाली याक्स

जित्नैपर्ने खेलमा दबाबमा कर्णाली याक्स

सोमवार , पौष १, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले ११ ओभरमा ४ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा कर्णालीले ३ विकेट गुमाउँदै ३५ रन बनाएको थियो ।

जित्नैपर्ने खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली संर्घष गरिरहेको छ । कर्णाली याक्सका रित गौतम, ओपनर बाबर हायात, देव खनाल र चाड्विक वाल्टन आउट भइसकेका छन् ।

सुदूरका लागि हर्मप्रित सिंह, सैफ जैब र स्कट केग्गेलिनले समान १/१ विकेट लिए । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ । प्लेअफ पुग्नका लागि कर्णालीले आजको खेल जित्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077