Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

सोमवार , पौष १, २०८१

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसले बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं काठमाडौं महानगरपालिकाका मेयर पीएल सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाइएको बताईएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ। सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।

८५ वर्षीय सिंह लामो समयदेखि अल्सरबाट पीडित थिए। २०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौं महानगरपालिकाका मेयर बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077