Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई वामदेवको जवाफ - फोन राजेशको मोबाइलमै गरेको हुँ, बदनाम गर्ने प्रयास नर्गनू !

प्रधानमन्त्री ओलीलाई वामदेवको जवाफ - फोन राजेशको मोबाइलमै गरेको हुँ, बदनाम गर्ने प्रयास नर्गनू !

सोमवार , पौष १, २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा सदस्य गौतमले गम्भीर विषयबारे जानकारी गराउन खोज्दा प्रधानमन्त्री ओलीले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाएका हुन् ।

मदन भण्डारीको हत्यासम्बन्धी विषयमा ओलीको आवाजको लिंक आएपछि उनलाई जानकारी गराउन फोन गरेको गौतमको भनाइ छ । गौतमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी ओलीले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाए।

गौतमले भनेका छन्, ‘ओलीको फोन नउठेपछि राजेशलाई फोन गरेर मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ । यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’

यसअघि शुक्रबार एक सार्वजनिक कार्यक्रममा ओलीले आफूलाई फोन गरेर वामदेवले राजीनामा माग गरेको बताएका थिए ।

स्वकीय सचिव राजेश बज्राचार्यले उठाएको ठानेर गौतमले आफ्नो राजीनामा माग गरेको ओलीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077