Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णालीमाथि सुदूरपश्चिम रोयल्सको सहज जित, कर्णाली प्लेअफमा

कर्णालीमाथि सुदूरपश्चिम रोयल्सको सहज जित, कर्णाली प्लेअफमा

सोमवार , पौष १, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले सहज जित निकालेको छ ।

टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याउदैं सुदूरपश्चिम रोयल्सले ६ विकेटको सहज जित निकालेको हो ।

आजको खेलसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको छ। सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भयो।

लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो।

चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो।  ८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दै बाहिरियो।

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन्। तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077