Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

सोमवार , पौष १, २०८१

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित भएको हो ।

बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको बताईएको छ ।

आज ११ बजे बोलाइएको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।

बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइएको थियो । १२ जना उपस्थित भए बहुमत पुग्ने थियो तर ११ जना सांसद उपस्थित थिए । अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077