Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलको हमलापछि सिरियामा गयो शक्तिशाली भूकम्प

इजरायलको हमलापछि सिरियामा गयो शक्तिशाली भूकम्प

सोमवार , पौष १, २०८१

एजेन्सी । इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाएको हो।

गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायलको यो आक्रमणलाई पछिल्लो दशकमा टार्टसमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

इजरायली फाइटर जेटहरूले एयर डिफेन्स युनिट र जमिनदेखि जमिनसम्म प्रहार गर्नसक्ने मिसाइलहरूको डिपोमा समेत निशाना बनाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शक्तिशाली विस्फोटपछि टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो।

आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077