Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपाली महिला टोलीको ऐतिहासिक जित

एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपाली महिला टोलीको ऐतिहासिक जित

सोमवार , पौष १, २०८१

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

मलेसियामा जारी खेलमा नेपालले टेस्ट प्लेइङ राष्ट्र पाकिस्तालनाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।

पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077