Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रविमाथि अनुसन्धान भइरहँदा आन्दोलन गर्ने प्रवृतिले मुद्दा प्रभावित हुन्छ : सञ्चारमन्त्री गुरुङ

रविमाथि अनुसन्धान भइरहँदा आन्दोलन गर्ने प्रवृतिले मुद्दा प्रभावित हुन्छ : सञ्चारमन्त्री गुरुङ

सोमवार , पौष १, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा आन्दोलन गर्ने प्रवृतिले मुद्दा प्रभावित बनेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित नभएको उनको भनाई छ ।

सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृतिले अनुसन्धानलाई प्रभावित गर्ने देखिएको बताए।

न्यायलयमा गइसकेको विषयमा त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनको भनाई छ। उनले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायित्व प्रदान गर्नेमा केन्द्रित रहेको उल्लेख गरे।

गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे। सरकारको कार्यशैलीलाई सुधारेर अस्तव्यस्त रहेको मुलुकको अवस्थालाई व्यवस्थित गर्दै अघि बढिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077