Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

तत्काल कुनै पार्टीसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय

तत्काल कुनै पार्टीसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय

सोमवार , पौष १, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटिको बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकबाट पार्टी यस्तो निस्कर्षमा पुगेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार राष्ट्रिय ऐजेण्डाहरुमा सहकार्यको सम्भावना सधैं जीवित रहेपनि पार्टी एकताको सम्भावना नरेहको हो । उनी राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्नको लागि पार्टी सधैं तयार रहेको समेत बताए। उनले बैठक अगामि निर्वाचनहरुमा नेकपा (एकीकृत समाजवादी) लाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077