Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एकीकृत समाजवादीले आगामी निर्वाचनमा देशैभर उम्मेदवार उठाउने

एकीकृत समाजवादीले आगामी निर्वाचनमा देशैभर उम्मेदवार उठाउने

सोमवार , पौष १, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले जनताका मागलाई जोडेर संघर्षको माध्यमबाट नै पार्टी निर्माण गर्न सकिने निचोड निकालेको छ ।

एकीकृत समाजवादीले पाँच दिनसम्म आगामी कार्ययोजनाबारे छलफल गरेको हो । पाँच दिनदेखि जारी स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले उक्त जानकारी दिए ।

“जनताका मागलाई जोडेर जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ । पार्टी पूर्णरूपमा गाउँका जनतासँग साक्षात्कार गर्नुपर्छ भन्ने दिशामा निर्णय केन्द्रित छ,” उनले भने ।

बैठकले आगामी निर्वाचनमा देशैभरि पार्टीको उमेदवार खडा गर्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077