Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछामको चौरपाटीमा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी, सांस्कृतिक कार्यक्रमले दर्शक मोहित !

अछामको चौरपाटीमा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी, सांस्कृतिक कार्यक्रमले दर्शक मोहित !

मंगलवार , पौष २, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिका-१ स्थित शिरोमणि लेखनाथ माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी गरिएको छ ।

सोमबार चौरपाटी गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा मालिका विकास संघ नेपालको सहजीकरणमा शिक्षक तथा अभिभावकद्धारा निर्माण स्थानीय शैक्षिक सामग्री प्रदर्शनी गरिएको हो ।

साथै विद्यालयमा विविध कार्यक्रमहरु भव्यताका साथ सम्पन्न भएको बताइएको छ । कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका लागि गणित दौड प्रतियोगिता, चम्चा दौड, पढाइ प्रतियोगिता र डोरी तान्ने खेल जस्ता गतिविधिहरू आयोजना गरिएका थिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई सान्त्वना, तृतीय, द्वितीय र प्रथम पुरस्कार पनि वितरण बताइएको मालिका विकास संघ नेपालले जनाएको छ ।

साथै, स्थानीय अभिभावकद्वारा निर्माण गरिएका सामग्रीहरुको प्रदर्शन गरिएको थियो र त्यसप्रति सम्मान व्यक्त गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो । साथै शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा स्थानीय कला संस्कृति पनि देखाइएको थियो ।

कार्यक्रमले विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप बलियो बनाएको विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रम सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने सबैप्रति विद्यालयले आभार व्यक्त गरेको छ ।

विद्यालयको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बिर बहादुर थापा, वडा सदस्य लक्ष्य साउँद, मालिका विकास संघका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077