Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्यानडाकी अर्थमन्त्री फ्रिल्याण्डले दिइन् राजीनामा

क्यानडाकी अर्थमन्त्री फ्रिल्याण्डले दिइन् राजीनामा

मंगलवार , पौष २, २०८१

एजेन्सी । क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

उनले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोलाई राजीनामा पत्र बुझाएकी हुन् ।

राजीनामापत्र उनले लेखेकी छिन्, ‘शुक्रबार तपाईंले मलाई अब अर्थमन्त्री बनाउन नचाहेको बताउनुभयो, मलाई मन्त्रिपरिषद्मा अर्को पद प्रस्ताव गर्नुभयो, धेरै सोचविचारपछि म मन्त्रिपरिषद्बाट राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पुगेको छु। यो मात्र इमान्दार कदम हो।’

विगत केही सातादेखि प्रधानमन्त्री ट्रुडोसँग क्यानडाको भविष्यलाई लिएर असहमति रहँदै आएको कुरा पनि उनले उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077