Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादी धनगढीको अध्यक्षमा बल बहादुर

माओवादी धनगढीको अध्यक्षमा बल बहादुर

मंगलवार , पौष २, २०८१

धनगढी । नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगरपालिकाको अध्यक्षमा बल बहादुर ऐर निर्वाचित भएका छन् ।

पार्टीको धनगढी उपमहानगरपालिका अधिवेशनबाट अध्यक्षमा ऐर निर्वाचित भएका हुन् ।

ऐरले निकटतम प्रतिद्वन्द्वी ललित खत्रीलाई पराजित गरे । ११ जना उम्मेदवार रहेको उपाध्यक्षमा रमेश भट्टराई, राम बहादुर चौधरी, तथा धन बहादुर चौधरी निर्वाचित भएका छन् ।

यस्तै सचिवमा सुरेश सुनार, सह सचिवमा मुकेश रैका र कोषाध्यक्षमा सबिन गिरि निर्वाचित भएका छन् ।

पार्टीको दोश्रो अधिवेशनबाट ७१ सदस्यीय उपमहानगर समिति निर्वाचित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077