Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै जान्छ : गृहमन्त्री लेखक

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै जान्छ : गृहमन्त्री लेखक

मंगलवार , पौष २, २०८१

बुटवल । गृहमन्त्री रमेश लेखकले गठबन्धन सरकार २०८४ को चुनावसम्म कायम रहने बताएका छन्।

भैरहवामा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको उनको दाबी छ ।

गृहमन्त्री लेखकले २०८४ को चुनावसम्म यही गठबन्धन रहने बताए । संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने गृहमन्त्री लेखकले बताए ।

अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उनको भनाइ छ। संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, गृहसचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापासहित लुम्बिनी प्रलेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077