Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भ्रष्टाचार र अपराध गर्नेमाथि अनुहार नहेरी कारबाही हुन्छ : प्रधानमन्त्री ओली

भ्रष्टाचार र अपराध गर्नेमाथि अनुहार नहेरी कारबाही हुन्छ : प्रधानमन्त्री ओली

मंगलवार , पौष २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध गर्नेहरुलाई अनुहार नहेरी कारबाही गर्ने बताएका छन् ।

ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताए।

प्रधानमन्त्री ओलीले भने,‘ देशको अवस्था सच्याउनुछ । गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । देशलाई भ्रष्टाचार मुक्त बनाउनुछ । मैले भनेको छु भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’

देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन कर्मचारीहरुले पनि नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077