Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसी सेनाका लेफ्टिनेन्ट जनरलको मृत्यु

रुसी सेनाका लेफ्टिनेन्ट जनरलको मृत्यु

मंगलवार , पौष २, २०८१

एजेन्सी । रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।

रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोका अनुसार विद्युतीय स्कुटरमा राखिएको विस्फोटक पदार्थले विस्फोट गराएको हो ।

प्रवक्ताले भने, ‘अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्युमा रहेको आवासीय भवनको प्रवेशद्वारनजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ। रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्।’

पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077